कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाको बराबरी
काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन् । अमेरिकाको सोफी मैदानमा आज बिहान सकिएको समूह ‘डी’ को खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
उपाधिको दाबेदार मानिएको ब्राजिलले आक्रामक खेल खेले पनि कोष्टारिको रक्षात्मक बन्दा कुनै गोल हुन सकेन ।
खेल अवधिभर ब्राजिलले बलमा नियन्त्रण राखे पनि गोल गर्न भने सकेन ।
यो बराबरीसँगै ब्राजिल र कोस्टारिकाले समूहमा पहिलो खेलबाट एक–एक अंक जोडेका छन् । कोलम्बिया भने ३ अंकसहित शीर्षस्थानमा छ । पाराग्वे अंक बिहीन छ । पाराग्वे पहिलो खेलमा कोलम्बियासँग हारेको थियो ।
समूह चरणको दोस्रो खेलमा ब्राजिलले अब पाराग्वे र कोष्टारिकाले कोलम्बियासँग खेल्ने छन् ।
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ ०७:२२
प्रतिक्रिया दिनुहोस्