Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल आइडलका टाइटल विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार  

बुधबार, असार १२, २०८१

काठमाडौँ - नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई तथा उपहार दिएका छन् । 

बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई  दिँदै  गितार उपहार दिएका हुन् ।  


यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरू  आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुखदु:खमा आफू साथ रहने समेत बताए । 

प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै  निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्