Nic Ad Nic Ad
Nic Ad Nic Ad

झलनाथ खनाल प्रतिष्ठानमा सर्प पालनका नाममा १७ करोड बढी भ्रष्टाचार ठहर, कति छन् दोषी?

बुधबार, असार १२, २०८१

काठमाडौं– बिशेष अदालत काठमाडौंले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पालन कार्यक्रममा भएको भ्रष्टाचारमा तत्कालीन मन्त्रीसहित ६ जना दोषी ठहर गरेको छ।

मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारसहित ६ जनालाई दोषी ठहर गर्दा लालबन्दी नगरपालिकाका तत्कालिन मेयर मानबहादुर खड्कालाई भने मंगलबार विशेष अदालतले सफाइ दियो।

सर्पको विष संकलन, प्रसोधन र उत्पादन केन्द्र स्थापनाका नाममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टचारको अभियोग थियो।

प्रतिष्ठानका तत्कालिन अध्यक्ष रेवतीप्रसाद पन्त दोषी ठहर भएका छन्। दोषी ठहर भएका आरोपीको सजाय निर्धारण असार २५ गते हुनेछ।
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्