Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा भयानक बन्दै बालविवाह

बुधबार, असार १२, २०८१

काठमाडौं– पाकिस्तानमा बालविवाहका घटना बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार पाकिस्तानमा अझै १ करोड ९० लाख नाबालिका दुलहीहरु छन् ।

पाकिस्तानमा विवाह गर्ने बालिकाको उमेर १६ वर्ष तोकिएको छ । यद्यपि सिन्ध प्रान्तमा यो उमेर १८ वर्ष रहेको छ ।


हालै मात्र खैबर पख्तुनख्वा प्रान्तमा एकजना १२ वर्षीया बालिकालाई ७२ वर्षे वृद्धसँग विवाह गराइदिन लागिएको घटना बाहिरिएको थियो ।

इस्लाम खबरका अनुसार परिवारले बाध्य बनाएर ७२ वर्षे वृद्धसँग विवाह गराउँदै गर्दा ती बालिकाको उद्धार गरिएको थियो ।


पाकिस्तान संसारमै सबैभन्दा धेरै बालविवाह हुने मुलुकको सूचीमा पर्छ, जहाँ ३० प्रतिशत बालिकाहरुको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ ।

पाकिस्तानका दुर्गम एवम् जातीय प्रशासन रहेको क्षेत्रमा यो सङ्ख्या अझै बढी रहेको इस्लाम खबरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्