Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्यालय जाँदै गरेका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते

बुधबार, असार १२, २०८१

काठमाडौँ - कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन्। 

घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ ।


घाइते हुनेमा १० वर्षीया खिमा कठात, ९ वर्षीया सरस्वती भुल र ७ वर्षीय पारु कठात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर विष्टले जानकारी दिएका छन् ।  

‘मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेट नजिक उहाँहरूलाई चट्याङ लागेको रहेछ  उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । तीनै जना गम्भीर हुनुहुन्छ, बाँकी विवरण आउन केही समय लाग्छ’ विष्टले भने ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्