नेभिगेशन
समाज विविध

भारी वर्षाले सप्तरीमा एक सयभन्दा बढी घर डुवानमा

सप्तरी - गएरातिदेखि भएको अविरल वर्षाले सप्तरीमा एक सयभन्दा बढी घर डुवानमा परेको छ । जिल्लाको रुपनी गाउँपालिकामा खाँडो नदीको होचो तटबन्ध पार गरेर‌ बस्तीमा बाढी पस्दा रुपनी –१ का ३० घर डुबानमा परेको पुर्ववडाअध्यक्ष पिताम्बर यादवले जानकारी दिए ।

सप्तरी जिल्लाको खाँडो नदीको रुपनी गाउँपालिकास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ५:१८ देखि पार गरिरहेको छ । मुसलधारे वर्षाले सदरमुकाम राजविराजका चार दर्जन बढी घर डुबान भएको स्थानीयले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंक्रातीका अनुसार कञ्चनरूप नगरपालिका वडा नं ३र ११ तथा तिरुहुत गाउँपालिका वडा नं १ र २ मा समेत बाढी पसेको छ । तथ्यांक संकलन तथा पीडितको उद्दारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता