Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओखलढुङ्गामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई घाइते

बुधबार, असार १२, २०८१

ओखलढुङ्गा - ओखलढुङ्गामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

samridhi jewllers

चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घर गोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् । 


प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवै जनाको उद्धार गरिएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । पहिरोले एक तले घर र गोठ पुरिएको छ ।  


 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्