Nic Ad Nic Ad
Nic Ad Nic Ad

केन्यामा कर बढाएको विरोधमा संसद भवनमा आक्रमण, पाँचजना मारिए

बुधबार, असार १२, २०८१

काठमाडौं– पूर्वी अफ्रिकी देश केन्यामा सार्वजनिक विरोध चर्किएको छ । प्रदर्शनकारीले संसद भवनमा आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोली लागेर कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।


सरकारले ल्याएको कर बढाउने विधेयकको विरोधमा प्रदर्शन सुरु भएपछि यसले उग्र रुप लिएको हो । राजधानी नैरोबीमा प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेर तोडफोड गर्नुका साथै आगो लगाइदिएको दृश्य भिडियोमा देखिएको छ ।


प्रदर्शनकारी संसद भवनमा पुगेर आगो लगाएपछि सांसदहरुलाई भूमिगत सुरुङबाट बाहिर निकालिएको जनाइएको छ । केन्याका अन्य धेरै सहरमा पनि विरोध र झडपहरू भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति विलियम रुटोलाई पद छोड्न माग गरिरहेका छन् ।

 


 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्