Nic Ad Nic Ad
Nic Ad Nic Ad

भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र

बुधबार, असार १२, २०८१

भेरी करिडोरअन्तर्गत जाजरकोटको भेरी नगरपालिका– १ रिम्नानजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । 

निरन्तरको वर्षापछि पहिराेले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताए । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुम पश्चिम र डोल्पा आवत–जावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् ।  

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्