Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँमा रासायनिक मल मौज्दात, किसानलाई ढुक्क

बुधबार, असार १२, २०८१

डुम्रे– बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो  । 

जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र मल आउने क्रम जारी रहेकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीले जनाएको छ । 


कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा विगत वर्षमा किसानले मल अभाव झेल्नुपरेको प्रमुख दिनेश शर्माले जानकारी दिए। उनका अनुसार जिल्लामा माग भएअनुरूप नै आयात भइरहेको र मौज्दात रहेको मल वितरण भइरहेको छ । रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने र मागअनुसारको आइरहेको र आउने क्रम जारी रहेकाले अभाव नहुने उनले बताए ।

कृषि ज्ञान केन्द्र र कृषि सामग्री कम्पनीसँगको मंगलबार भएको छलफलपछि सहमतिमा असार १५ गतेदेखि युरिया र डीएपी मल एकसाथ वितरण गरिने उनले बताए। उनले कम्पनीसँग रहेको मौज्दातले माग धानेकाले अभाव नहुने बताए। 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्