Nic Ad Nic Ad
Nic Ad Nic Ad

अविरल वर्षाले विराटनगर जलमग्न

बुधबार, असार १२, २०८१

विराटनगर– अविरल परेको पानीले निकास नपाउँदा विराटनगर बुधबार जलमग्न भएको छ । गएरातिदेखि परेको वर्षाले महानगरका १९ वटै वडावासी डुबानबाट प्रभावित भएका छन् । डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएकाछन् । सडकभन्दा माथि नाली निर्माण हुनु र नालीको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ ।  प्रभावित क्षेत्रका ५ सय बढी परिवारलाई उद्धार गरी सुरक्षित स्थानमान लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार डुबानमा परेका बस्तीका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा लौजानेक्रम जारी रहेको बताए । उनले महानगर भित्र १२ सय बढी परिवार डुबानबाट प्रभावित भएको जानकारी दिए ।

विराटनगर महानगरले तयार पारेको पूर्वानुमान अनुसार बाढी र डुबानबाट महानगरका ९ हजार परिवारका ४२ हजार जनसंख्या प्रभावित हुने अनुमान छ ।

नगरस्तरीय विपत व्यवस्थापन समितिले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार ८ वटा क्लष्टर तयारी गरी विपदको समयमा गर्ने काम बाँडफाँड समेत गरिएको छ ।

विपद व्यवस्थापन शाखाकी प्रमुख अनिता न्यौपाने, कोइरालाका अनुसार विपद पूर्वतयारी प्रतिकार्य योजना अनुसार महानगरका कुन कुन स्थानमा बहुप्रकोप जोखिमको पहिचान गरी आवश्यक तयारीमा जुटेको बताइन् ।

महानगरले पहिचान गरेको मुख्य क्षेत्रहरूमा सिंघिया खोला आसपास पर्ने १, २, ७, ८, १४, १८ र १९ नम्बर वडाका ३ हजार ७० घरपरिवार प्रभावित हुने अनुमान रहेको छ । त्यसैगरी केशलिया खोलाबाट महानगरको वडा नम्बर ४, ५, ६ ११ र १२ गरी १ हजार ४ सय ९५ घर प्रभावित हुने अनुमान महानगरको छ । बस्ता पैनीबाट महानगरको वडा नम्बर ६, ७ र ८ का २ हजार २ सय १० घर परिवार प्रभावित हुने अनुमान छ । डुबानले महानगरको वडा नम्बर ९ बाहेकका सबै वडा प्रभावित हुने जोखिम रहेको छ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्