Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्पोरेट : लिटमस इण्डष्ट्रिज लिमिटेडद्वारा रणनीतिक लगानीको घोषणा

बुधबार, असार १२, २०८१

काठमाडौं– लिटमस इण्डष्ट्रिज लिमिटेड कम्पनीले रणनीतिक बृद्धि लगानी घोषणा गरेको छ। नेपालको अग्रणी तार, केबल र कन्डक्टर निर्माण कम्पनीले इक्विटी कोषबाट यस्तो लगानीको घोषणा गरेको हो।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यो लगानी कम्पनीका लागि कोषेढुंगा हो, किनभने यसले नेपालको नवलपरासीमा नयाँ अत्याधुनिक कारखाना स्थापना गरेर क्षमता विस्तारको यात्रा थालेको छ।’

यो लागानीले उत्पादन क्षमता बृद्धि हभई सञ्चालन व्यवस्थित बनाउने र बजारमा माथि उठ्न मद्दत पुग्ने कम्पनीको बुझाई रहेको छ। ग्राहकको बढ्दो माग पूरा गर्न पनि सक्षमता हासिल गर्ने विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले अवसर इक्विटी डाइभर्सिफाई फन्डसँगको साझेदारीले नेपालमा उत्पादन, नवप्रवर्तन गर्न र ग्राहकमाझ चाँडो पुग्न मद्दत हुने बताए।

अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्दै बजारमा नेतृत्व गर्न पनि सहज हुने गुप्ताको बुझाई छ।

अवसर इक्विटी कम्पनीका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले पनि त्यस्तै धारणा राखेका थिए।

लिटमस कम्पनी गुणस्तरीय तार, केबल र कन्डक्टरको नेपालको सबैभन्दा ठूलो उत्पादक हो। नेपालमा तार र केबलमा अग्रणी कम्पनी सन् २०१४ देखि नेपालमा रमेश कर्पोरेशनको नेतृत्वमा काम गरिरहेको छ।

जलविद्युत क्षेत्रमा नेपाल सरकारको योजनासँग पंक्तिबद्ध गर्दै स्वच्छ उर्जाको कुशल प्रसारण र वितरणका लागि विश्व स्तरीय केशल र केबल र कन्डक्टर उत्पादन गरिरहेको छ।

अवसर इक्विटी कम्पनी नेपालको धितोपत्र बोर्डमा दर्ता भई चार अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानीमा छ।
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्