नेभिगेशन
समाज विविध

UPDATE : पहिरोमा पुरिएको अवस्थामा लमजुङमा एकै परिवारका चारसहित ५ जनाको शव भेटियो

काठमाडौं– पहिरोमा बेपत्ता भएको लमजुङको क्व्होलासोथर गाउँपालिका–३ का एकै परिवारको चार जनाको शव भेटिएको छ। 

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको हो।

बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए। प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन्।

पहिरोले लम्जुङको दोर्दी गाउँपालिकामा –९ मा मंगलबार राति पहिरोले घर भत्किंदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ।

अविरल बर्षाका कारण विभिन्न ठाउँमा सडक अवरोध भएका छन् भने पहिरोको त्रास छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता