Nic Ad Nic Ad
Nic Ad Nic Ad

विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान र अवतरण अवरूद्ध

बुधबार, असार १२, २०८१

विराटनगर -पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ । विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो । पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुन सुरु हुने विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए ।

‘बास्ताबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास हुँदैछ, अब उडान अवतरणका लागि प्राविधिक जाँच हुँदैछ’, उनले भने, ‘पानी रोकियो भने विमानस्थल खुल्छ ।’

बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको हो ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्