Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपक्षले संसद्‌मा जनताको आवाजको प्रतिनिधित्व गर्छ : राहुल गान्धी

बुधबार, असार १२, २०८१

काठमाडौं– भारतका नयाँ विपक्षी दलका नेता राहुल गान्धीले एक दशकदेखि रिक्त रहेको पदको औपचारिक रूपमा कार्यभार सम्हालेपछि आफ्नो पहिलो सम्बोधनमा आफ्ना सांसदहरू चुप लागेर नबस्ने संसद्मा अन्यायविरूद्ध आवाज बुलन्द गर्ने बताएका छन् । 

samridhi jewllers

विपक्षी सांसदहरूले मोदी प्रशासनलाई चुनौती दिने आशासहित गान्धीलाई विपक्षी नेताका रूपमा चयन गरेका छन् । 


‘सरकारसँग राजनीतिक शक्ति छ, तर विपक्षले पनि भारतीय जनताको आवाजको प्रतिनिधित्व गर्छ,’ गान्धीले संसद्को तल्लो सदनमा सम्बोधन गर्दै भने। 

कुनै समयको शक्तिशाली भारतीय राष्ट्रिय कांग्रेससंग संसद्‌मा आवाज बुलन्द पार्न विधायिकामा पर्याप्त सिट थिएनन् ।

प्रतिक्रिया दिनुहोस्