Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोरखा मिडियामा रकम गएका सहकारीको कागजात माग

बुधबार, असार १२, २०८१

काठमाडौं– सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कको विवरण मागेको छ । 

बुधबार बैठक बसेर सहकारी छानबिन विशेष समितिले मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताए ।  बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको पाण्डेले खबरहबलाई बताए । 


आजको बैठकमा समितिले सहकारी क्षेत्रका जानकार पूर्व मन्त्री दीपकप्रकाश बाँस्कोटा र केशवप्रसाद बडालसँग सल्लाह लिएको उनको भनाइ छ । 

सहकारी छानबिन विशेष समितिले समस्याग्रस्त २९ सहकारी संस्थाहरूको छानबिन गरिरहेको छ । 


उसले सहकारी बोर्ड, सहकारी विभाग, कानुन मन्त्रालय र सहकारी मन्त्री लगायत निकायसँग छलफल गरिरहेको छ । यस्तै प्रहरीको राष्ट्रिय अनुसन्धान ब्युरो सीआईबीसँग पनि छलफल गर्ने लागेको छ ।

अनुसूची २ मा रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आइडियल यमुना बहुउद्देश्यीय संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूको कागजात झिकाउने निर्णय भएको हो ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्