Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसईईको नतिजा भोलि  सार्वजनिक हुने

बुधबार, असार १२, २०८१

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ ।

बुधबार बसेको बोर्डकाे बैठकले बिहीबार बिहान नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

यसअघि आजै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गरिने भएको हो ।

गत चैत्र १५ गतेदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्