Nic Ad Nic Ad
Nic Ad Nic Ad

चारदेशीय महिला फुटबल : नेपाली टोलीको घोषणा, टिममा को -को समेटीए ?

बुधबार, असार १२, २०८१

काठमाडौं - लेबनानमा हुने चारदेशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार प्रतियोगिताका निम्ति २२ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । नेपाली टिममा मिडफिल्डरद्वय रेनुका नगरकोटी र सरु लिम्बुले पुनरागमन गरेका छन् ।

लेबनानको बेरुतमा हुने प्रतियोगिता जुलाई ८ देखि १६ सम्म सञ्चालन हुने तालिका छ । प्रतियोगितामा नेपालसहित लेबनान, जोर्डन र बंगलादेशले सहभागिता जनाउनेछन् ।

नेपाली टिम

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ

रक्षक : अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, विमला बिक, निशा थोकर, पूजा राना, समीक्षा घिमिरे

मिडफिल्डर : रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी

फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल र रश्मिकुमारी घिसिङ

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्