Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसईईमा नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी, यसरी हेर्न सकिन्छ नतिजा

बिहीबार, असार १३, २०८१

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जनाले मात्रै ग्रेड प्राप्त गरेका छन् भने ५२.१४ प्रतिशत परीक्षार्थी नन्ग्रेड (एनजी) भएका छन्। यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी नन्ग्रेडमा परेका छन् ।

यस वर्षदेखि हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षामा न्यूनतम २७ अंक नल्याउने विद्यार्थी नन्ग्रेड भएका छन् ।

दुई विषयसम्म एनजी पाएका विद्यार्थीले बोर्डले लगत्तै लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए पुग्ने छ । तर दुईभन्दा बढीमा एनजी पाएका विद्यार्थीले भने अर्को वर्ष उक्त विषयको परीक्षा दिनुपर्ने छ ।

यसरी हेर्न सकिन्छ नतिजा

see-result-Notice-1719462641.jpg
 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्