Nic Ad Nic Ad
Nic Ad Nic Ad

साउन १८ र १९ मौका परीक्षा: १ लाख १५ हजार ८३४ ले दिन पाउने

बिहीबार, असार १३, २०८१

काठमाडाैं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड एनजी ल्याएका छन् ।

योसँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण भएको छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्