Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृहमन्त्रीलाई रामहरि खतिवडाले भने- गत वर्षका विपद्का फाइल पनि खोल्नुस्

बिहीबार, असार १३, २०८१

काठमाडौँ -नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत वर्षका विपद्का फाइलहरू खोल्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत विपद् प्राधिकरणबाट हुने कुनै काम नभएको बताए ।


उनले भने, ‘गत वर्ष पनि विपद्का धेरै घटना भए, एक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत विपद् प्राधिकरणबाट हुने कुनै काम भएको छैन । ती घरलाई व्यवस्थापन गर्न र पीडितलाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्छु । गत वर्ष भएका विपद्का फाइलहरू गृह मन्त्रालयमा थन्किएर बसेका छन् । म गृहमन्त्रीलाई अनुरोध गर्छु, तपाईँ फाइल धेरै हेरिराख्नुभएको छ । कमसेकम विपद्मा परेका फाइलहरू जनतालाई राहत दिने र पुनर्स्थापना गर्ने फाइलहरूमा पनि ध्यान जाओस् ।’

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्