Nic Ad Nic Ad
Nic Ad Nic Ad

अत्यधिक मातेको पाएपछि दुबई उड्न पाएनन् गायक राई, एयरलाइन्सले प्रहरीको जिम्मा लगायो

बिहीबार, असार १३, २०८१

काठमाडौं– अत्यधिक मदिरा सेवन गरी मातेको पाएपछि दुबईको कार्यक्रमका लागि विहीबार बिहान विमानस्थल पुगेका गायक राजेश पायल राईलाई एयरलाइन्सले फर्काएको छ। 

गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए।

तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगायो। 

विमानस्थल प्रहरीले उनलाई ट्याक्सीमा घर पठाएको छ। मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ।

यसअघि मदिरा सेवन गरी राती होहल्ला गरेको अभियोगमा उनी एक रात वानेश्वर वृत्तमा थुनामा परेका थिए। राईको पारिवारिक जीवनमा समस्या आएपछि मदिरा सेवन गरिरहेको भन्ने बुझिएको छ।
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्