Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजदूत फिर्ता बोलाइएकोमा एनपी साउदको आपत्ति

बिहीबार, असार १३, २०८१

काठमाडौं– पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेसका सांसद एनपी साउदले विभिन्न ११ मुलुकबाट सरकारले राजदूतहरु फिर्ता बोलाउँदा नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएको छन् ।

प्रतिनिधिसभा बैठकको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन् ।

‘नेपालले आफ्नो कूटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदूत फिर्ता बोलाएका छौँ,’ नेता साउदले भने, ‘प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिएर फिर्ता बोलाइयो ।

यसले कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीच भएको राजदूत भागबण्डाले कूटनीतिक क्षेत्रमा तरंग पैदा गरेको उनको भनाइ थियो ।


 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्