Nic Ad Nic Ad
Nic Ad Nic Ad

खुला नकआउट फुटबल प्रतियोगितामा २८ समूहबीच प्रतिस्पर्धा

बिहीबार, असार १३, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको वडा नं. ६ ले असार १२ गतेदेखि वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ । सिद्घार्थ युनाइटेड र टिम ब्राइड होपकाबीच उद्घाटन खेल भएको थियो । यसमा टीम ब्राइटले पेनाल्टीमा १ गोल गरेर सिद्धार्थ युनाइटेडलाई पराजित गरेको छ ।

१५ गतेसम्म चल्ने खेलमा २८ समूह बिच प्रतिस्पर्धा भइरहेको छ । यो दोस्रो श्रृङ्खला हो । खेल उद्घाटन भएको दिन ८ वटा समूहका बिच प्रतिस्पर्धा भएको छ । उद्घाटन सत्रमा बोल्दै व्यवस्थापिका संसद, अर्थ समितिका सभापति सन्तोष चालिसेले, खेलकुदले युवाहरुको शक्तिलाई राष्ट्रिय पहिचान प्रवर्धनमा रुपान्तरण गर्ने बताए । यसका लागि स्थानीयले अगाडि सारेका कार्यक्रममा प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।


निष्क्रियताउन्मुख सहरी जीवनशैलीलाई सक्रिय बनाउन र खेलबाट स्वस्थ्य जीवनको प्रवर्धन गर्न प्रतिस्पर्धा आयोजना गरिएको र यस्ता कार्यक्रम नियमित सञ्चालन हुने वडाध्यक्ष भुवन लामाले जानकारी दिए । वडा सदस्य नरेन्द्र कुमार थापा (भगवान) ले, फुटबल खेलले निराश युवाहरुलाई सकारात्मक सोच निर्माणमा सहयोग गरेको उल्लेख गरे ।

समाजको सन्तुलित एवं सर्वाङ्गीण विकासका लागि समावेशी र समतामूलक खेलका कार्यक्रममा आयोजना गर्ने कार्यक्रम रहेको बताउँदै वडा सचिव कमल गौत्तमले, संयोजन गरेको टुसाल युवा क्लबले खेलकुद प्रति वडा एवं महानगरले राखेको चासो र सहयोग प्रति धन्यबाद दिँदै आगामी दिनमा समेत खेलकुदको विकासमा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्