Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीमा २९९ केन्द्रीय सदस्य र १९ पदाधिकारी रहने 

बिहीबार, असार १३, २०८१

काठमाडौं– एकीकृत समाजवादीमा मा २९९ केन्द्रीय सदस्य र १९ पदाधिकारी रहने भएको छ । असार १६ देखि २० गतेसम्म हुने महाधिवेशन अगाडि पदाधिकारी थप्ने निर्णय गरेको हो । 

बिहीबार आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 


केन्द्रीय परिषद्ले २९९ केन्द्रीय सदस्य कमिटी र १९ पदाधिकारी रहने विधान पास गरेको उनको भनाइ छ । 

पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप गरिएको हो । एकीकृत समाजवादीको महाधिवेशनमा झलनाथ खनाल पनि अध्यक्षको दाबेदार हुन भने महासचिव भुसाललाई पनि युवाले अगाडि सारेका छन् । तर केही नेता भने माधव नेपालको विकल्प नभएको बताइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्