Nic Ad Nic Ad
Nic Ad Nic Ad

अब गुगलले नेवारी भाषा पनि उल्था गर्ने

शुक्रबार, असार १४, २०८१

काठमाडौं - सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ ।

अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो ।


यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले ब्लग पोष्टमार्फत् जानकारी दिएको छ ।

सुरुमा गुगलले अंग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो । २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो ।

ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको प्याराग्राफ वायाँतिरको  कोठामा राखेपछि दायाँ तिरको कोठामा अनुवादसहित देखाइदिन्छ ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्