Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रमुख राजनीतिक दलबीच टीआरसी विधेयकमा सहमति जुटेन ,आज फेरी बैठक बस्ने

शुक्रबार, असार १४, २०८१

काठमाडौं– प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने बारे ठोस सहमति जुटेन सकेन । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको प्रमुख दलहरूको टीआरसी विधेयकमा सहमति खोज्न बसेको बैठकमा ठोस सहमति हुन नसकेको हो ।

कानुनमन्त्री पदम गिरीले छलफलका क्रममा मुख्यतः ४ वटा बुँदामा सहमति जुट्न नसकिरहेको बताए । उनले आजको छलफलले ती बुँदाहरूमा निकट भविष्यमै सहमति जुटेर निष्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।

टीआरसी विधेयकमा अहिले गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिलगायतका विषयमा सहमति जुट्न बाँकी छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्