Nic Ad Nic Ad
Nic Ad Nic Ad

कक्षा ११ मा छात्रवृत्तिका लागि महानगरले खुलायो आवेदन

शुक्रबार, असार १४, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ।

samridhi jewllers

महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन आह्वान गरेको हो । गत वर्ष पनि काठमाडौँ महानगरपालिकाले काठमाडौँका निजी कलेजमा झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

शिक्षा नियमावलीमा निजी विद्यालयहरूले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार महानगरपालिकाले यस वर्ष पनि निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँले गर्न लागेको हो ।

यस वर्ष महानगरपालिकाको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार १५ गते(शनिबार) बिहान १० बजेदेखि असार २९ गते राति ११:५९ बजेसम्म अनलाइन आवेदन दिन सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । परीक्षा भने आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुने छ ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्