Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी छानबिन विशेष समितिको बैठक आइतबार बस्ने

शुक्रबार, असार १४, २०८१

काठमाडौं– सहकारी छानबिन विशेष समितिको बैठक आइतबार ११ बजे बोलाइएको छ।

आइतबारको बैठकमा डाक्टर युवराज खतिवडा राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ ।  यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभाग लगायतका निकायसँग छलफल गरिसकेको छ।

यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ । यसअघि बुधबारको बैठकबाट  समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताएका थिए। बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको थियो।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्