भोजपुरमा तीन करोड ५७ लाखमा पक्की पुल निर्माण
भोजपुर -राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो ।
‘राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ’, उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने ।
राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताए । रासस
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ १०:३१
प्रतिक्रिया दिनुहोस्