Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

शुक्रबार, असार १४, २०८१

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । 

यस अघि बिहिबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो ।


त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्