Nic Ad Nic Ad
Nic Ad Nic Ad

 दिल्ली एयरपोर्टको छत भत्किँदा एकको मृत्यु, ६ जना घाइते

शुक्रबार, असार १४, २०८१

काठमाडौं - भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छत खसेको छ । शुक्रबार (आज) बिहानै भएको भीषण वर्षाका कारण विमानस्थलको टर्मिनल छत भत्किएको हो ।


छत भत्किएर कारमा खस्दा १ जनाको मृतयु भएको छ भने ६ जना घाइते भएका छन् । यो छाना सवारीसाधन र ट्याक्सीमा खसेको थियो ।

दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले बिहानैदेखि भइरहेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विङको क्यानोपीको केही भाग भारी वर्षाका कारण बिहान ५ बजे भत्किएको बताएका छन् । घाइते सबैको उपचार भइरहेको बताइएको छ ।

उनका अनुसार यस घटनाका कारण टर्मिनल १ बाट सबै उडान दिउँसो २ बजेसम्मका लागि रोकिएका छन् र सुरक्षाका लागि चेक इन काउन्टर बन्द गरिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्