Nic Ad Nic Ad
Nic Ad Nic Ad
मदन भण्डारी जन्मजयन्ती विशेष

अज्ञात व्यक्तिको फोनपछि मदन भण्डारी एक दिनअघि नै चितवन हानिए, यस्तो छ ओली आयोगको १५ बुँदे प्रतिवेदन

शुक्रबार, असार १४, २०८१

काठमाडौं– दासढुङ्गा घटना नेपाली राजनीतिमा भुल्नै नसकिने र कम्युनिस्ट राजनीतिमा सर्वकालिन स्मरण योग्य दुर्घटना मानिन्छ। त्यो एउटा भवितब्य मात्र नभएर हत्याकाण्डका रुपमा सत्तारुढ नेकपा एमालेले मान्ने गरेको छ। 

जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको मेसोमा दासढुङ्गामा के भएको थियो? एमालेले गठन गरेको केपी शर्मा ओलीको छानबिन समितिले कस्तो प्रतिवेदन दियो? घटना भएपछि को–को त्यहाँ पुगेका थिए? अनि भण्डारीलाई अज्ञात व्यक्तिले कसरी फोन गरे? त्यसबारेको एउटा दस्ताबेज यहाँ प्रस्तुत गरिएको छ। 

२०५० साल जेठ ३ गतेको त्यो कारुणिक दुर्घटनामा पोखराबाट चितवन जाने क्रममा मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको दाबी गरिन्छ। दुर्घटनामा निधन भएको देखाइए पनि त्यसलाई राजनीतिक हत्याकाण्डको नाम दिएपछि घटना रहस्यमा नै छ।

त्यसका एक जना जीवित प्रमाण अमर लामालाई केही बर्षपछि तत्कालिन माओवादीले हत्या गरेको थियो। मदन भण्डारी हत्याकाण्डपछि हालका एमाले अध्यक्ष ओलीको नेतृत्वमा छानबिन आयोग/समिति बनेको थियो।

त्यसले एउटा प्रतिवेदन तयार पार्दै राजनीतिक हत्याकाण्ड भन्यो। तर हत्याराको अहिलेसम्म पत्ता लाग्न सकेको छैन। 

मदन–आश्रित हत्याकाण्ड अर्थात्, दासढुंगा हत्याकाण्डको प्रतिवेदनले स्वभाविक दुर्घटना मानेको छैन। प्रतिवेदनमा भनिएको छ जेठ ४ गतेका लागि चितवनमा सम्बोधनको कार्यक्रम तय भएको थियो।

तर अज्ञात व्यक्तिले फोन गरेपछि एक दिन अघि नै अर्थात् जेठ ३ गते नै पोखराबाट चितवनतिर लागे, मदन भण्डारी र जीवराज आश्रित। को थिए ति फोन गर्ने? यसको खोजीनीति भएको छैन।

भ्यान त्रिसुलीमा खस्यो। चालक अमर लामा बाँचे र प्रहरीकहाँ आत्मसमर्पण गर्न पुगे।

दुर्घटना जस्तो देखिने यो हत्याकाण्डमा भण्डारी परेको लगभग प्रमाणित भएको थियो। सोधीखोजी भइरहेका बेला तत्कालिन सांसद, हालका माओवादी नेता लिलामणी पोखरेल चढेको साझा बस पनि त्यहिँ पुग्यो।

अध्ययनका क्रममा भग्नावशेष भएको गाडी त्रिशुलीमा खस्दा मात्र क्षति भएको थियो। तर दुर्घटना हुनुअघि के थियो? 

चालक अमर लामा एक्लैले यस्तो हत्या गर्न नसक्ने केपी शर्मा ओलीको प्रतिवेदनमा उल्लेख छ। गर्भमा नै रहेको यो हत्याकाण्डका  नेपथ्यमा अन्य धेरै विषय जडित रहेको अहिले पनि आशंका गरिन्छ।

प्रतिवेदनमा के थियो? सबै विवरण यहाँ पढ्नुहोस्। 

madan-1-1719555061.jpg

madan-2-1719555105.jpg

madan-3-1719555105.jpg

madan-4-1719555105.jpg

madan-5-1719555105.jpg


madan-6-1719555106.jpg

madan-7-1719555106.jpg

madan-8-1719555106.jpg

madan-9-1719555106.jpg

madan-10-1719555106.jpg

madan-11-1719555106.jpg

madan-12-1719555107.jpg

madan-13-1719555107.jpg

madan-14-1719555107.jpg

madan-15-1719555107.jpg

madan-16-1719555107.jpg

madan-17-1719555107.jpg

madan-18-1719555107.jpg

madan-19-1719555108.jpg












 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्