Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बीपी र मदनको नाममा बजेट नदिँदा काँग्रेस–एमालेले नगरसभा बैठक रोके’ - बालेन

शुक्रबार, असार १४, २०८१

काठमाडाैं - एमाले–काँग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम राख्न दिएको सुझाव आफूले नमान्दा आज बस्न लागेको नगरसभा बैठक रोकिएको आरोप लगाएका हुन् ।उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘एमाले र काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । तर, मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । त्यसपछि उहाँहरू बैठक रोकेर जानुभयो । ’

उनले एमाले र काँग्रेसले बीपी र मदनले चार सहिदहरूको भन्दा धेरै योगदान गरेको देखेको हुनसक्ने पनि बताएका छन् । ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,’ उनले भनेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्