Nic Ad Nic Ad
Nic Ad Nic Ad

बीवाईडी गाडीको कर छलिमा राजश्व अनुसन्धान विभागको चासो, आखिर के गरेको रहेछ

शुक्रबार, असार १४, २०८१

काठमाडौं– राजस्व अनुसन्धान विभागले विद्युतीय कार आयातमा करछली गरेर कार भित्र्याएको साइमेक्स इंक प्रालिमाथि अनुसन्धान थालेको छ । 

साईमेक्स प्रालिले चिनियाँ विद्युतीय कार बीवाईडीको आयातगर्दै आएको छ । साईमेक्सले आयत गर्दा ठूलो मात्रामा किलोवाट घटाएर कर छलेको खुलेपछि राजस्व विभागले अनुसन्धान थालेको हो । 

राजस्व अनुसन्धान विभागले साईमेक्सले एक सय क्षमता किलोवाटका बीवाईडी कारलाई ९९ किलोवाट देखाएर ठूलो मात्रामा कर छलेको दाबी गरेको छ । 

सरकारले ९९ किलोवाटको विद्युतीय कारमा आयकर २० प्रतिशत र अन्तशुल्क १५ प्रतिशत निर्धारण गरेको छ । त्यस्तै एकसय किलोवाटको आयकर ३० र अन्तशुल्क २० प्रतिशत कायाम गरेको छ । 

यसरी एक सक किलोवाटको एउटा बीवाईडी कारलाई ९९ किलोवाटमा देखाउँदा आयकरमा १० र अन्तशुुल्क पाँच प्रतिशत सस्तो हुनेदेखिएपछि एक सयलाई ९९ किलोवाट देखाएर कल छली गरेको पाइएको हो ।

साइमेक्सले बीवाईडी कार ५६ लाख देखि ६६ लाख रुपैयाँमा विक्री गर्दै आएको छ । पछिल्लो समय राजस्वले अनुसन्धान थालेसँगै साईमेक्स प्रालि राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रभावित पार्ने योजनासहित शक्तिकेन्द्रमार्फत दाववाद दिन थालेको छ ।

यद्यपि विभागका महानिर्देशक चक्रबहादुर बुढाले अनुसन्धान कुनै हालतमा नरोक्ने जनाएका छन् । तुलनात्मक रुपमा बुढा स्वच्छ छविका प्रशासकका रुपमा चिनिन्छन् । विभागका अनुसार साईमेक्सले बीवाडीका ५० लाख पर्ने एउटा कार भित्र्याउँदा मात्रै एक सय किलोवाटलाई ९९ मा झारेर आठ लाखभन्दा बढी रकम कर छली गर्ने गरेको पाइएको हो । 

साइमेक्सको करछली प्रकरणको अनुसन्धानबारे बुझ्न खोज्दा भने उनीसम्पर्कमा आउन चाहेनन् । २०७५ साउनमा सूर्य गुड्समार्फत बीवाईडी गाडी ल्याइ बिक्री गर्ने गरी एजेन्सी दर्ता भएको थियो । 

तर, पछि यमुना श्रेष्ठले सूर्य गुड्सलाई बाइपास गर्दै साइमेक्स इंक मार्फत बीवाईडी कार नेपाल भित्र्याउँदै आएका छन् । हाल सूर्य गुुड्स साईमेक्बीचको विवाद अदालतसम्म पुुगेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्