Nic Ad Nic Ad
Nic Ad Nic Ad

 त्रिवि सेवा आयोगले २०७७ सालदेखि स्थगित हुँदै आएको प्राध्यापकको अन्तर्वार्ता लिँदै 

शुक्रबार, असार १४, २०८१

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले कडा सुरक्षाबीच समाजशास्त्र प्राध्यापक पदका लागि अन्तर्वार्ता लिन सुरु गरेको छ । आयोगले २०७७ सालमा गरेको विज्ञापन विद्यार्थी सङ्गठनहरूको विरोधका कारण स्थगित हुँदै आएको थियो ।

विगतमा भएका विरोध तथा आन्दोलनलाई हेरेर सुरक्षा व्यवस्था कडा गरिएको बताइएको छ । आयोगले सवा १२ बजेदेखि अन्तर्वार्ता सुरु गरेको सेवा आयोग कार्यालयले जनाएको छ ।


एक प्राध्यापक पदका लागि सुशिलकुमार यादव, युवराज लुइँटेल र टिकाराम गौतम गरी ३ जनाको आवेदन परेको छ । प्राध्यापक पदको अन्तर्वार्ताका क्रममा शिक्षा मन्त्री सुमना श्रेष्ठ वस्तुस्थिति बुझ्न त्रिवि पुगेकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्