Nic Ad Nic Ad
Nic Ad Nic Ad

महामन्त्री ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण

शुक्रबार, असार १४, २०८१
samridhi jewllers

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको छ । 
ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो। 

महामन्त्री ढकालले पार्टीको अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए। इलाम—२ को प्रतिनिधि सभा उपचुनावमा पार्टीले हार व्यहोरेपछि महामन्त्री ढकाल देश दौडाहामा निस्किएका थिए।उनले ३९ जिल्लाका २ हजार ७९ जना नेता—कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेका थिए। 

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्