Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीमान–श्रीमती घरसहित पहिरोमा पुरिए

शनिबार, असार १५, २०८१

बागलुङ– बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

घरसहित पहिरोमा पुरिएका उनीहरुको उद्धारका लागि अहिले प्रहरी तथा स्थानीय खटिएका छन् । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्