Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्याङ्जाको फेदीखोलामा पहिरोले घर बगाउँदा आमा-छोरीको मृत्यु

शनिबार, असार १५, २०८१

स्याङ्जा - स्याङ्जाको फेदीखोलामा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार फेदीखोला गाउँपालिका- ५ मा गएराति साढे ११ बजे पहिरोले घर बगाउँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसादेवीको मृत्यु भएको हो।

‘राति घरभित्र सुतिरहेको बेला २५ मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा आमा-छोरीको घटनास्थलमै मृत्यु भएको हो,’ डीएसपी रानाले भने, ‘दुर्गाका छोरा छिमेकीको घरमा सुतेकाले उनी जोगिएका छन्।’ पहिरोले गोठ पुरिँदा एउटा भैँसी पनि मरेको उनले बताए। 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्