Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

शनिबार, असार १५, २०८१

गुल्मी - गुल्मीको मालिका गाउँपालिका ६ अर्जेमा पहिरोले घर पुरिदा एकै परिचारका पाँच जनाको ज्यान गएको छ ।

शुक्रबार रातिको अविरल बर्षाको कारण आएको पहिरोका कारण अर्जे ठाँटीपोखरीका यम बहादुर विक भन्ने भेष बहादुर विकको घर पुरिएको थियो । पहिरोमा पुरिएकार घरमुली ५५ बर्षका भेष बहादुर विक, श्रीमती ४८ बर्षीया सुन्तली विक, बुहारी २६ बर्षीया सीता विक, नातिनी ८ बर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए ।

पहिरोका कारण रातिबाट बेपत्ता पाँच जनाको खोजीकार्यको लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्