नेभिगेशन
मनोरञ्जन

हिना खानलाई स्तन क्यान्सर

काठमाडौं– बलिउड अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ। अभिनेत्री आफैँले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएकी छन् ।

‘हालसालै म स्तन क्यान्सरको तेस्रो चरणमा छु भन्ने हल्ला फैलिएको बारे केही महत्त्वपूर्ण खबर तपाईसँग सेयर गर्न चाहन्छु’, खानले भनेकी छन्।

‘म हिनाहोलिक र मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्त्वपूर्ण समाचार साझा गर्न चाहन्छु। मलाई तेस्रो चरणको स्तन क्यान्सर छ तर म ठिक छु’, उनले भनेकी छन्। 

आफू उपचारमा सक्रिय रहेको बताएकी उनले लेखेकी छन्,‘म यस समयमा तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु । म तपाईंको माया र प्रार्थनाको कदर गर्छु। तपाईको व्यक्तिगत अनुभव, कथा र तपाईका सुझावहरूले मेरो लागि यो यात्रामा धेरै अर्थ राख्नेछ। म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन