Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुल्मी, बागलुङ र स्याङजामा पहिरोमा परी ९ जनाको ज्यान गयो, दुई जना घाइते

शनिबार, असार १५, २०८१

काठमाण्डौ – गुल्मी, बागलुङ र स्याङजामा पहिरोमा परी नौ जनाको ज्यान गएको छ । गुल्मीमा पाँच, बागलुङ र स्याङजामा दुई र दुई जनाको ज्यान गएको हो । गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिएकोमा सबैको शव भेटिएको छ ।

samridhi jewllers

मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा ५६ का भेषबहादुरसहित उहाँकी श्रीमती ४७ वर्षीया सुन्तली बिक, बुहारी ३० वर्षीया सिता बिक, नातीनीहरु सात वर्षिया सपना विक र दुई वर्षीया विपना बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिए । 

यस्तै बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको ज्यान गएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । घाइतेलाई उद्वार गरी अस्पताल पठाइएको छ ।

यस्तै स्याङ्जामा पहिरोमा परेर आमाछोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराती पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जि।टी। र उनकी तीन बर्षकी छोरी निकिसा जि।टी।को ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रुपमा क्षति भएको प्रवक्ता रानाले बताए । 

यसैबीच दाङमा चट्याङले लागेर एक महिलाको ज्यान गएको छ । राजपुर गाउँपालिका– २ मटेरीया की ३९ वर्षीया भुमिसरा बुढामगरको चट्याङ लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । हिजो बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भुमिसरालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्