नेभिगेशन
समाज विविध
थिति

नालायक बाबु, कपूत छोराहरू

काठमाडौं– यत्ति भएपछि कपूत छोराहरूको पनि समीकरण पूरा भएको छ। पूर्वगृहमन्त्री एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तका रुपमा पक्राउ गरिएको छ।

यसअघि यहि प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरिएको थियो। उनी पूर्पक्षका लागि थुनामा रहेका छन्। 

भुटानी शरणार्थी प्रकरणमा नै बाबु टोपबहादुर रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझी पक्राउ गरिएका थिए। उनलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहाको आदेश दिएको थियो। 

यता पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनः सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका छन्। उनी बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका थिए। 

सत्तामा उदाएका बाबुहरूले देश बनाउने अठोटलाई पोलेर खाए। भ्रष्टाचारी, दलाल र बिचौलियाबाट पालित पोषित भए। राजनीतिक संस्कारको तिलाञ्जली दिए। त्यसैको पदचापमा हुर्किए तिनका छोराहरू। तिनै भ्रष्ट र बिचौलियाको जुठो खाएर शक्तिको दुरुपयोग गरे। अनि, नालायक बाबुका कपूत सन्तान कहलिए।

बाबुहरूले क्रान्तिको राजनीति गरेर सत्ता हत्याएपछि उनका सन्तानले सत्कर्मको बाटो रोज्नुको साटो त्यो शक्तिको आडमा बिचौलिया र भ्रष्टको सारथी बन्ने बाटो रोजेका थिए। 

‘अन्य देशमा खासगरी भारतमा नै सन्तानले राजनीतिको बाटो रोजेका छन्। तर नेपालमा भने यस्ता सन्तान जन्मिए जसले सत्ताको गलत उपयोग गरे’, एक विश्लेषक भन्छन्,‘यस्तो चित्र र चरित्र कहिँ कतै पनि देखिँदैन।’

भारतीय केन्द्रीय राजनीतिमा सत्कर्मको बाटो कोरेकी सुष्मा स्वराजकी छोरी बाँसुरीले नयाँ दिल्लीबाट निर्वाचन जितिन्। हालै मात्र उनले पनि सदनमा संस्कृतमा भाषण गरेर आमाको पदचाप समातेकी थिइन्। 

‘गतिलो राजनीति गर्ने गतिलै मार्गमा जान्छ तर भ्रष्ट र दलाल राजनीतिक विरासतमा हुर्किएकाहरू त्यहि बाटोमा सक्रिय हुन्छन्’, ति विश्लेषक भन्छन्,‘नालायक बाबुको बिरासतमा कपूत पुत्रहरूको चाला दुनियाँले देखेकै छन्।’

नेपाली राजनीतिमा बाबुले लिड गरेको गलत बाटोलाई सही दिशामा लैजान सक्ने सन्तानको खोजी हुनुपर्ने थियो। तर, यी परिघटनाले त्यस्तो चाहना दुर्लभ मात्र देखिएको छ। 

स्वतन्त्रताका निम्ति लडेका गणेशमान सिंह, महेन्द्रनारायण निधिका सन्तानका रुपमा जन्म लिएर राजनीतिमा होमिए पनि प्रकाशमान सिंह, विमलेन्द्र निधिहरूले पनि सकारात्मक राजनीतिक बाटो समात्न नसकेका उदाहरण पनि छन्। तर, उनीहरू भ्रष्टाचार जस्तो जघन्य कार्यमा संलग्न रहेको अहिलेसम्म पुष्टि भइसकेको छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता