Nic Ad Nic Ad
Nic Ad Nic Ad

नक्कली भुटानी शरणर्थी प्रकरणका मुख्य नाइके मानिएका बेचन झा पक्राउ

शनिबार, असार १५, २०८१

काठमाडौँ - भुटानी शरणर्थी प्रकरणका मुख्य नाइके मानिएका बेचन झा प्रकाउ परेका छन्। उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो। हिजो मात्रै पूर्वगृहमन्त्री राम बहादुर थापाका छोरा प्रतीक थापा हुन्।

samridhi jewllers

शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ । उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए । यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन: अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो । आफू पक्राउ परेपछि टोखा नगरपालिका-६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए ।

झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्