Nic Ad Nic Ad
Nic Ad Nic Ad

रौतहटमा बस दुर्घटना, एकको मृत्यु, ८ जना घाइते

शनिबार, असार १५, २०८१

रौतहट - रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।


गौरबाट भैरहवातर्फ जाँदै गरेको बस आज (शनिवार) बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु हुँदा ८ जना घाइते भएका छन ।


दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको ।

 


 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्