Nic Ad Nic Ad
Nic Ad Nic Ad

बचतकर्ताको रकम चोरी हुने लालीगुराँस सहकारीका सीईओ भण्डारी पक्राउ, ६ अर्ब अपचलन

शनिबार, असार १५, २०८१

काठमाडौं– समस्याग्रस्त लालीगुराँस सहकारीका सञ्चालक सुरेन्द्र भण्डारीलाई प्रहरीको उपत्यका अपराध महाशाखाले शुक्रबार राती पक्राउ गरेको छ।

पुल्चोकस्थित सहकारीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका भण्डारीलाई काठमाडौंको विशालनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ। सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।

यसअघि पनि सहकारीका बचतकर्ताको रकम चोरी गरेको उजुरी परेको थियो। यसको चुच्चेपाटी शाखाका सदस्य दावा डोमा शेर्पाको एक करोड ७० लाख रुपैंया चोरी भएको थियो।  

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्