Nic Ad Nic Ad
Nic Ad Nic Ad
टी–२० विश्वकप

दक्षिण अफ्रिकालाई इतिहास रच्ने अवसर, अन्तिम ६ भेटमा भारतसँगको खेल नतिजा के थियो?

शनिबार, असार १५, २०८१

काठमाडौं– टी–२० विश्वकप क्रिकेटको नेपाली समयअनुसार शनिबार साँझ सवा ८ बजे हुने खेलमा दक्षिण अफ्रिकालाई भारतविरुद्ध इतिहास रच्ने अवसर जुरेको छ। 

टी–२० विश्वकपमा फाइनल खेलीरहेको दक्षिण अफ्रिकाका लागि भारत ठूलो चुनौति हो तर अवसर निकाल्न नसक्ने भन्नेचाहिँ असम्भव नरहेको विश्लेषण गरिएको छ। 

सन् २०२२ मा भएको खेल नतिजालाई पछ्याउने हो भने दक्षिण अफ्रिकाले भारतसँग जीतको निरन्तरता कायम राख्न सक्छ। तर, अन्तिम ६ खेललाई हेर्ने हो भने उसले भारतविरुद्ध दुई वटा मात्र जीत निकालेको इतिहास छ। 

सन् २००७ मा भएको खेलमा दक्षिण अफ्रिका भारतसँग ३७ रनले पराजित भएको थियो। 

तर त्यसको बदला उसले २००९ मा लियो। भारतलाई उक्त बर्ष साउथ अफ्रिकाले १२ रनले पराजित गरेको थियो। 

२०१० मा भने साउथ अफ्रिकाको नतिजा हर्षित हुने थिएन। भारतसँग उसले १४ रनको पराजय भोग्नु परेको थियो। 

यस्तै २०१२ मा पनि उ एक रनले भारतसँग स्तब्ध हुन पुग्यो। यसैगरी २०१४ मा ६ विकेटले भारतसँग पराजित भएको साउथ अफ्रिका २०२२ मा जीतको नतिजासँगै फर्कियो। अब शनिबार हुने खेलमा उसले इतिहास रच्ला कि नरच्ला? के फाइनलको ट्रफी भारतलाई जिम्मा लगाउला कि पहिलो पटक उचाल्ला? हेर्न बाँकी छ।
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्