Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुटका कारण कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लाग्यो : अध्यक्ष नेपाल

शनिबार, असार १५, २०८१

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेको बताएका छन् । 

samridhi jewllers

शनिबार नेकपा एसले १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा गुटका कारण कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको भन्दै अब एकताका साथ अगाडि बढ्ने बताए । उनले भने, ‘गुटबन्दी नहोस, नेताहरु मिलेर अगाडी बढ्नुहोस्, गुटले धेरै ठूलो क्षति पु¥याएको छ । विगतमा पनि गुटले गर्दा कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको थियो । त्यसैले आउँदो महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेका छौ । यसको साथै कम खर्चमा सहज तरिकाले सम्पन्न हुने हिसाबले अगाडि बढेका छौ ।’ 

यसको साथै, उनले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाउन र समाजवादको दिशामा अघि बढाउन आवश्यकता रहेको बताए । 

उनले भने, ‘जोसँग आँट र सङ्कल्प छैन त्यसले केही गर्न सक्दैनन् । यस अर्थमा हामीले नेपालको राजनीतिमा हाम्रो विशिष्ट स्थानलाई स्थापित गर्नुपर्ने आवश्यकता छ । अगाडि बढ्ने क्रममा कमि कमजोरीहरु हुन्छन् । त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता पर्छ । यो नेपालको राजनीतिमा र कम्युनिष्ट आन्दोलनमा यो दक्षिणपन्ती अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको छ । प्रवृत्तिबाट हाम्रो पार्टीलाई जोगाउनुपर्ने र समाजवादको दिशामा अघि बढाउनुपर्ने आवश्यकता छ ।’ 

नेकपा एस घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने क्षमता भएको पार्टी भन्दै यसले प्रत्येक चुनौतिको सफलताका साथ सामना गर्दै आएको पनि उनको भनाइ छ ।  

उनले भने, ‘नेपाली समाजमा ठूल ठुला उथलपुथलहरु भएका छन् । प्रत्येक घटनामा अत्यन्तै महत्वपूर्ण अग्रगामी भूमिका खेलेका छौ । अगुवाई गरेका छौ । सहभागी मात्र होइन, नेतृत्व गरेका छौ । नेकपा एकीकृत समाजवादी अन्यजस्तो साधारण पार्टीको रुपमा होइन, त्यतिकै घटना क्रममा सहभागी हुने पार्टी होइन । घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने त्यो क्षमताको साथे पार्टी अगाडि बढ्दै आएको छ । प्रत्येक चुनौतिको सफलताका साथ सामना गरेका छौ ।’ 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्