Nic Ad Nic Ad
Nic Ad Nic Ad

टी-२० विश्वकप : भारतले टस जितेर पहिला ब्याटिङ रोज्यो

शनिबार, असार १५, २०८१

काठमाडौँ- भारतले आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दुवै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् ।

पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन् ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्