Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतले एकै ओभरमा गुमायो दुई विकेट

शनिबार, असार १५, २०८१

काठमाडौं– भारतले टी–२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले एकै ओभरमा दुई विकेट गुमाएको हो ।

बरबाडोसमा भइरहेको फाइनलमा भारतका कप्तान रोहित शर्मा र तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पन्त आउट भएका छन् ।

रोहित ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका हुन् । दुवै जनाकाे विकेट दक्षिण अफ्रिकाका केशव महाराजले लिए ।

भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

फाइनल खेलका लागि दुवै देशले सेमिफाइनलमा खेलेको टिमलाई नै निरन्तरता दिदै टिममा कुनै परिवर्तन गरेका छैनन् ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्